Logo

दलहरुको चुनावी तयारी यस्तो छ, कुनकुन दलबिच हुँदैछ तालमेल ? पढ्नुहोस्



भदौ १०, काठमाण्डौ । असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको तयारीमा प्रमुख दलहरु तिब्रताका साथ लागेका छन् । अहिले सबैजसो दलहरु प्रदेश नम्बर २ को स्थानीय तहका लागि उम्मेदवार छनौटमा लागेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने तयारी गरेको बताइएको भने नेपाली कांग्रेसलाई सकस भइरहेको छ । यसअघिको २ चरणको स्थानीय तहको चुनावमा पनि उम्मेदवार राम्रोसँग मिलाउन नसक्दा धेरै तहमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको कांग्रेसले यस पटक विवादरहित तरिकाले उम्मेदवार छनौट गर्ने बताउँदै आएको छ । तर धेरै आकांक्षी भएकाले यस पटक पनि उम्मेदवार चयनमा कांग्रेसलाई कठिन भइरहेको छ ।
यता नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार चयनसँगै चुनावी तालमेलको तयारी पनि गरेको छ । केन्द्रले नेपाली कांग्रेस लगायत नेकपा एमालेबाहेकका दलसँग चुनावी तालमेल गर्ने योजना बुनेको छ । यता नेकपा एमालेले भने कांग्रेसबाहेक अन्य जुनसुकै दलसँग पनि तालमेल गर्न सक्ने संकेत गरेको छ ।
एमालेले मधेश क्षेत्रमा चुनाव हुन लागेकाले सकेसम्म मधेशवादी दलसँग तालमेल गर्ने चाहना राखेको छ । यद्यपी मधेशी दलहरु एमालेसँग असन्तुष्ट भएकाले तालमेल हुन कठिन देखिएको छ ।
यस्तै मधेशी दलहरु राजपा, मधेशी जनअधिकार फोरमलगायतका दलले पनि चुनावको तयारीलाई तिब्रता दिएका छन् ।
दलहरुले पनि आफु अनुकुल हुने गरी चुनावी तालमेलसमेत गर्ने तयारी गरेका छन् ।
प्रदेश नम्बर २ को निर्वाचनलाई सबै दलले प्रतिष्ठाको विषय बनाएकाले पनि चुनावको तयारी रोचक देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्