Logo

एसीसी यू–१९ एसिया कपका लागि क्रिकेट टिम छनौट, कप्तानमा दिपेन्द्रसिंह ऐरी



भदौ ११, काठमाण्डौ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह ऐरीले पाएका छ्न् । आज भएको नेपाली राष्ट्रिय टोलीको घोषणामा ऐरीलाई कप्तान तोकिएको छ । यसअघि सन्दीप लामिछाने कप्तान थिए ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू–१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका हुन् । टोलीमा अघिल्लो महिना सम्पन्न एसीसी यू–१९ विश्वकप छनौट खेलेका अघिकांश खेलाडी समावेश छन् ।
घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन् ।
त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् । प्रकाश केसी गत महिना सम्पन्न आइसीसी यू(१९ विश्वकप छनौटमा पहिलो रोजाइमा थिए ।
नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । यस समूहमा सिंगापुर, थाइल्याण्ड, भुटान छन् । प्रतियोगिताको फाइनलिष्ट टोलीले यू–१९ एसिया कपमा स्थान बनाउनेछ ।



प्रतिक्रिया दिनुहोस्