Logo

पत्रकार थपलियाद्वारा महासंघलाई प्रोजेक्टर हस्तान्तरण



चितवन, १२ भदौ । विगत दुई वर्षदेखि जापानमा रहनुभएका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहाकार दिनेशकुमार थपलियाले आज सो शाखाको सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गर्नुभएको छ ।

महासंघले आज यहाँ आयोजना गरेको कार्यक्रममा थपलियाले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडालाई प्रोजेक्टर हस्तान्तरण गर्नुभएको हो ।

प्रोजेक्टरको बजार मूल्य ४२ हजार पाँच सय रहेको थपलियाले बताउनुभयो । जापानमा रहेर साझा चौतारी डटकमसमेत सञ्चालन गर्दैआउनु भएका थपलियाले चितवन र नवलपरासीका विभिन्न सञ्चार माध्यम स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ ।

चितवनबाट प्रकाशित हुँदै आएको कायाकैरन दैनिक, हाम्रो एफएम, कालिका एफएम।, ध्रुवतारा एफएम, क्रिष्टल टेलिभिजन, कावासोतीको रेडियो मध्यविन्दुलगायतका सञ्चार माध्यम उहाँसहितको लगानी र सक्रियतामा सञ्चालन हुँदै आएका छन् ।

चौबीस वर्षसम्म नेपाली पत्रकारितामा क्रियाशील थपलियाले आउँदा दिनमा पनि पत्रकार महासंघलाई आफ्नो तर्फबाट सहयोग पु¥याउने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्