Logo

समाजसेवि केसीद्धारा विद्यालयलाई सामग्री हस्तान्त्रण



कौरव खत्रीः गुल्मी १२ भाद्र । गुल्मीको मुसिकोट नगरपालिका २ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको लागि सहयोगका सामग्रीहरु हस्तान्त्रण गरिएको छ ।

जिल्लाको मदाने गाँउपालिका ३ निवासी हाल रोजगारीको शिलशिलामा कतारमा कार्यारत शिक्षाप्रेमी तथा समाजसेवी लोक बहादुर केसीले विद्यालयको लागि ६८ हजार रकम बराबरको सहयोग रकमले विद्यालयमा आधुनिक कुर्ची,दराज लगायत फर्निचरका सामाग्रीहरु विद्यालयकी पूर्व शिक्षिका एवं युवा समाजसेवी पुष्पा रायमाझीद्धारा सामग्री विद्यालयलाई हस्तान्त्रण गरेका हुन ।

उक्क्त फर्निचरका सामाग्रीहरु विद्यालयकी पूर्व शिक्षिका एवं युवा समाजसेवी पुष्पा रायमाझीको पहलमा सामग्री विद्यालयलाई प्रदान गरिएको थियो ।

साथै सहयोगदाता केसीले भन्नुभयो, आफू विदेशमा भएर पनि स्वदेश र गाँउ ठाँउ र जन्मभूमिप्रति आफूले थोरै–थोरै सहयोगले विद्यालयको शैक्षिक र भौतिक क्षेत्रमा विकास र सुधारले बालबालिकाहरुको पठनपाठनमा सहज थप बल पुगोस भनि आफूले कमाएको केहि अंश शिक्षा क्षेत्रमा खर्चेको बताउनु भयो । साथै केसीले भावी दिनमा विद्यालयलाई आफूसक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले भन्नुभयो, केसीको आर्थिक सहयोगले विद्यालयको भौतिक व्यवस्थापनमा ठूलो सहयोग पुगेको हुदा केसीको सहयोग रकमले विद्यालयको बालविकास कक्षामा फर्निचर र बसाई व्यवस्थापनलाई बालमैत्रीमय पठनपाठनमा थप बल पुगेकोले भौतिक क्षेत्रमा विद्यालयको मुहार फेरिएको जानकारी दिनुभयो ।

केसीले विद्यालयको लागि केहि महिना अगाडि भौतिक व्यवस्थापनकै लागि नगद रु। ५० हजार सहयोग समेत गर्नु भएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिनुभयो ।

साथै विद्यालयमा सहयोग भित्रा्याउन एउटा पुलको रुपमा काम गरि महत्वपूर्ण योगदान गनुहुने विद्यालयकी पूर्व शिक्षिका तथा युवा शिक्षाप्रेमी पुष्पा रायमाझीलाई विद्यालयले सम्मान समेत गरेको थियो । तश्वीर ःकौरव खत्री



प्रतिक्रिया दिनुहोस्