Logo

काठमाडौ नेशनल मेडिकल कलेज मापदण्ड पुर्याएर सञ्चालन,गगन थापाको सार्वजनिक महत्वको प्रस्तावमा काँग्रेसभित्रै बिरोध



काठमाडौ, १२ भदौ । त्रिभुवन विश्व विद्यालयले सबै प्रक्रिया पुरा गरेको काठमाडौ नेशनल मेडिकल कलेजलाई सञ्चालनको अनुमति दिएको विषयलाई लिएर भएको पछिल्लो गतिविधिप्रति विरोध सुरु भएको छ ।

राजधानीको कालिका स्थानमा रहेको उक्त काठमाडौं नेशनल मेडिकल कलेज बारेमा सर्वोच्च अदालतको आदेशमा सबै प्रक्रिया पुरा भएको भन्दै कलेज सञ्चालनको लागि त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार कलेजलाई दिएको अनुमतिको विरोधमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका संसद गगन थापाले सो विषयलाई सार्वजनिक महत्वको प्रस्तावको रुपमा संसदमा प्रवेश गराएपछि त्यसको विरोध सुरु भएको हो ।

अदालतले गरेको फैसला र अदालतमा विचाराधिन विषय संसदमा प्रवेश गराउनु लोकतान्त्रिक मुल्य मान्यताकै धज्जी उडाउनु जस्तो भएको भन्दै यसको विरोध सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयले सर्वोच्चको आदेश अनुसार सबै माफदण्ड पुरा गरेकोले सञ्चालनको अनुमति दिएको स्पष्टिकरण यसअघि नै आईसकेको छ ।

तर नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक नेपाली कांग्रेसका सांसद र पूर्वमन्त्री जस्ता ब्यक्तिले लोकतान्त्रिक ब्यवस्थाको आधारको रुपमा रहेको स्वतन्त्र न्यायपालिकाको मान्यतालाई नै चुनौति दिने गरी गरेको ब्यवहार अलोकतान्त्रिक भएको कानून ब्यवसायीहरुको भनाई छ ।

कानूनका जानकारहरु यो न्यायपालिकाको अपमान र न्यायपालिकालाई संसद मातहत राखेर कमजोर बनाउने षडयन्त्र भएको बताउँछन ।जानकारहरु सर्वोच्चको आदेशको पालना नगरी यसलाई विरोधको विषय मात्रै बनाईरहने हो भने न्यायपालिका कमजोर बन्ने र यसले निरकुंशतालाई प्रोत्साहन गर्ने सम्भावना ब्यक्त गर्दछन ।

कलेजका एमडी बकरुद्धीन अन्सारीले आफूहरुले सम्पूर्ण पूर्वाधार स्थापित गरेर सर्वोच्चको आदेश अनुसारनै कलेज सञ्चालन गरिरहेको भन्दै कलेजको भौतिक पूर्वाधार र सुविधालाई नहेरी हचुवाको भरमा विरोध गर्नेहरुले गतिविधी गरिरहेको दावी गरे । उनले विरोध गर्नेहरुले सर्वोच्च अदालतको अपमान गरिरहेको दावी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot