Logo

एमाले एक्लै मधेसमा निर्वाचनमा जान सक्षम छः नेता पोखरेल



नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिन सक्षम रहेकोले अरु चुनाव जस्तै प्रदेश नम्बर २ को चुनावमा पनि कुनै दलसँग तालमेल गर्ने पक्षमा नभएको स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता पाखरेलले भने,‘जो जो मिलेर आएपनि हुन्छ । जनता एमालेका पक्षमा छन । जस्तो सुकै गठबन्धन बनाएपनि मधेसका जनताले तिनीहरुलाई पराजित गर्दिन्छन ।’

उनले थपे,‘एमाले कोहीसँग पनि तालमेलको पक्षमा छैन । मधेसमा एमाले मात्रै एमाले मात्रै एक्लै लडन तयार छ ।’ पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले इतिहासमै सबैभन्दा मुलुकको बेईज्जत गरेको दावी गर्दै यसले राष्ट्रको शिर निहुँ¥याएको आरोप लगाए ।
उनले प्रधानमन्त्रीले देशको आन्तरिक मामिलामा बोलेर भारतलाई फेरि पनि हस्तक्षेपको बाटो खुलाएको दावी गरे ।

यद्यपी उनले एमाले भारत विरोधी नभएको र भारतसँग समताको आधारमा घनिष्ट सम्बन्ध बनाउने पक्षमा रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्