Logo

श्रीलंकाबिरुद्ध भारतको श्रृङखला जित



काठमाडौं, १२ भदौ। तेस्रो खेलमा पनि जित हात पार्दै भारतले श्रीलंकाबिरुद्धको पाँच एकदिवसीय क्रिकेट श्रृङखला आफ्नो पक्षमा पारेको छ ।
यसअघिका दुवै खेलमा जित हासिल गरेको भारत आइतबार राति सम्पन्न तेस्रो खेलमा ६ विकेटले विजयी भयो ।श्रीलंकाको पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय १७ रन बनाएको थियो ।

उसका लागि लहीरु थिरमानेले ८० रन बनाउदा दिनेश चन्डिमालले ३६ रन बनाए । तर बाँकी खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
बलिङ तर्फ भारतका जस्प्रित बुम्राहले पाँच विकेट लिए ।

जवाफमा भारतले ४५ ओभर एक बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । भारतको जितमा ओपनर रोहित शर्माले एक सय २४ रनको उत्कृष्ट पारी खेले । एक सय ४५ बलमा उनले १६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस्तै महेन्द्रसिंह धोनीले ६७ रनको योगदान गरे । नौ रनमा पहिलो विकेट गुमाएको भारतले ६१ रन हुदा चार विकेट खेर फालेको थियो । तर त्यसपछि रोहित र धोनीले टिमलाई जितको बाटो देखाए ।



प्रतिक्रिया दिनुहोस्