Logo

ऋषि धमलालाई निर्वाचन दुत बन्न निर्वाचन आयोगको आग्रह



भदौ १३, काठमाण्डौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पत्रकार ऋषि धमलालाई चुनावी दुत बनाउन इच्छा व्यक्त गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै आयुक्त यादवले चुनाव सफल बनाउनका लागि धमलालाई चुनावी दुत बन्न आग्रह गरेका छन् ।
यादवले भने, निर्वाचनको माहौल बनिसकेको छ । अब मिडियाले पनि सहयोग गर्नुपर्छ । तपाई लोकप्रिय पत्रकार भएको नाताले चुनावको प्रोत्साहनका लागि देशभरी हिँड्नुपर्छ ।
धमलाले चुनाव सफल बनाउनका लागि संचारकर्मीको नाताले धेरै सहयोग गरेकोमा प्रशंसा गर्दै यादवले निर्वाचन दुत बन्न आग्रह गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्