Logo

खन्जना जोगाउन युवाहरुलाई धौ–धौ



कौरव खत्रीस् गुल्मी १३ भाद्र । गुल्मीमा खन्जना गाीत तथा नाच उचित संक्षणको अभावमा लोपउन्मुख अवस्थामा पुगेको छ । मालिका गाँउपालिका वडा नं.१ नेटामा रहेको खन्जना गीत तथा नाचको उचित संरक्षण हुन नसक्दा लोपउन्मुख अवस्थामा पुगेको समाजसेवी ढाल बहादुर बोहोराले जानकारी दिए ।

तीजका अबसरमा खन्जना मात्र गाउने र नाच्ने तर अघिपछि खन्जनाको खासै वास्ता नहुने र युवा पुस्तामा सिको नहुदा र यसको व्यापक प्रचार प्रसार नहुदा तथा उचित व्यवस्थापन गर्न नसक्दा खन्जना दिनप्रतिदिन विस्तारै लोप भई ओझेलमा पर्न थालेको युवा समाजसेवी बोहोराको भनाई छ ।

साथै मगर समुदायमा केन्द्रित खन्जना आफ्ना पुराना पुर्खाले गाँउदै आएको खन्जनामा भगवान तथा देवीदेवताका गीतहरु महिला र पुरुषले सामूहिक रुपमा खन्जना गाउने र नाच्ने गरिन्छ ।

यस्तै पछिल्लो समयमा युवा पुस्ताहरु पुरानो मौलिक संस्कृति भन्दा पनि आधुनिकता तर्फ बढि आर्कषित हुन थालेपछि पुरानो मौलिक संस्कृति खन्जना ओझेलमा पर्न थालेपछि आफूहरुले पुरानो मौलिक संस्कृति खन्जनाको संरक्षणमा लागि परेता पनि दिगो रुपमा खन्जना जोगाउन धौ–धौ भएको समेत युवा समाजसेवी बोहोराले बताए ।

जिल्लाकै एक मात्र ठाँउ नेटामा खन्जना रहेकोले जिल्लाको अयन्त्र कहि कतै ठाँउहरुमा पनि खन्जना नभएकोले आफ्नो ठाँउमा मात्र खन्जना भएको खन्जना जानकार युवा बोहोराले दावी गनुभयो । तस्बिर कौरव खत्री



प्रतिक्रिया दिनुहोस्