Logo

लामो समयपछि सारापोभाको शानदार कमब्याक



काठमाडौं, १३ भदौ। प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध झेलेकी रसियन टेनिस सुन्दरी मारिया सारोपोभाले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपन मार्फत पुनरागमन गरेकी छन् ।

वाइल्ड कार्डमार्फत युएस ओपन खेल्न पाएकी पूर्व नम्बर एक सारापोभाले पहिलो चरणको खेलमा दोस्रो वरियाताकी सिमोना हलेपलाई पाखा लगाउँदै दोस्रो चरणमा प्रवेश गरिन् ।

१४६औं बरियातामा रहेकी ३० वर्षीय सारापोभाले उपाधि दावेदार हलेपलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा हराइन् । सारापोभा र हलेपको खेल हेर्न २४ हजार दर्शक उपस्थित थिए ।

पहिलो सेट ६-४ ले जितेकी सारापोभाले दोस्रो सेट ४–६ ले गुमाइन् । तर तेस्रो सेटमा ६–३ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरिन् । सारापोभा सन् २००६ की युएस ओपन च्याम्पियन हुन् ।

 



प्रतिक्रिया दिनुहोस्