Logo

२ नम्बर प्रदेशको निर्वाचन सफल पार्न महासंघले सञ्चार अभियान सुरु गर्छः अध्यक्ष आचार्य (फोटोसहित)



सदस्यता वितरणमा महासंघले नयाँ मापदण्ड बनाउने
काठमाडौं, १३ भदौ । नेपाल पत्रकार महासंघले २ नम्बर प्रदेशमा स्थानीय तहको निवार्चन सफल बनाउन सञ्चार अभियान सुरुगर्ने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले २५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको साक्षात्कार कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सो कुरा बताएका हुन ।
उनले भने,‘संविधान कार्यन्वयनका लागि माघ ७ गते अघि तिनैवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेछ, निर्वाचन नगरी संविधान कार्यन्वयन हुँदैन, संविधान कार्यन्वय नभए लोकतन्त्र खतरामा पर्छ, लोकतन्त्र नभए प्रेस स्वतन्त्रता हुँदैन, त्यसैले २ नम्बर प्रेदशको निर्वाचनलाई सफल बनाउन महासंघ सञ्चार अभियान लिएर जान्छ।’
अध्यक्ष आचार्यले अघि थपे,‘नव निर्वाचित नेतृत्वले निर्वाचनका बेलामा कबुल गरेका प्रतिवद्धताहरु कार्यन्वयन गर्न महासंघ सक्रिय हुन्छ, अब श्रमजिवी पत्रकार ऐन लागु गराएरै छोड्छौँ, ऐन लागु नभए जस्तो सुकै आन्दोलन गर्न महासंघ पछि हट्दैन, यो विषयलाई सम्झौताहिन ढंगले अघि बढाएर निष्कर्षमा पुर्याउछौँ।’


अध्याक्ष आचार्यले महासंघमा भएका विकृतिहरु हटाउदै सदस्यता सुद्धिकरण अभियान सञ्चालनगर्ने जानकारी दिदै रिपोर्टर्स क्लब नेपालसँग महासँघले सहकार्य गरेर अघि बढ्ने बताए। यस पटकको हाम्रो विजयमा ऋषि धमलाको ठुलो हात छ, यो जित उहाँको पनि हो र हामी सबैको हो।


आचार्यले भने,‘महासंघमा सदस्यता सुद्धिकरण गर्नको लागि सार्वजनीक सुनुवाइको कार्यक्रम गरेर वास्तविक पत्रकार हो या होईन भनेर निश्चित गरेर मात्रै सदस्यता पदान गर्ने र भैरहेका निष्कृय सदस्यहरुलाई स–सम्मान विदा गर्ने महासंघको योजना छ।’


उनले भने,‘नेपालको पत्रकारिताको क्षेत्रलाई व्यापक परिर्वतन गर्दै विकृति र विसंगतीको अन्त्य गर्नको लागि ऋषि धमला र यस क्लबसँग सहकार्य गरेर अघि बढ्न तयार छौँ।’
नागरिकसँग जोडिएका सबै विषयलाई महासंले आवाज उठाउने बताए । संविधानमा प्रेस स्वतन्त्रताको बारेमा हक अधिकार उल्लेख गरिएपनि कतिपय प्रावधानहरुमा आफुहरु सन्तुष्ट नभएको भन्दै अध्यक्ष आचार्यले संशोधन गर्नको लागि आवाज उठाउनु पर्ने बताए ।


महासंघका उपाध्यक्ष विपुल पोखरेलले रिपोर्टर्स क्लब नेपालले पत्रकारहरुलाई गतिलो प्लेटफर्म उपलब्ध गराएर समाचार उत्पादनमा महत्वपूर्ण काम गरिरहेको भन्दै आगामी दिनमा महासंघले रिपोर्टर्स क्लब नेपालसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
त्यस्तै अर्का उपाध्यक्ष एवम् रिपोर्टर्स क्लब नेपालका सचिव दिलिप थापामगरले पत्रकारीताको क्षेत्रमा रिपोर्टर्स क्लब नेपालको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महासंघले क्लबसँग हातेमालो गरेर पत्रकारीता क्षेत्रलाई मर्यादित बनाउन र श्रमजिवि पत्रकारहरुको हकहितको लागि कामगर्ने बताए ।
कार्यक्रममा महासंघका सचिव रामप्रसाद दाहालले अहिलेको महाधिवेशनमा श्रमजिवि पत्रकारहरुको जितको श्रेय ऋषि धमलालाई जाने भन्दै महासंघका अध्यक्ष र क्लबका अध्यक्ष बीचको सहकार्य नै आजको आवश्यकता भएको दावि गरे ।


त्यस्तै निर्वाचित टिमले भैरहेका विकृतिको अन्त्यगर्दै सदस्यतामा पार्टी सिण्डीकेट हटाउनु आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा सचिवहरु शितल महतो, प्रकाश थापा, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य सिर्जना अर्याल,लगायतले आफुहरुको कार्यकालमा पत्रकारिता क्षेत्रलाई मर्यादित, अनुशासित बनाउन र श्रमजिवि पत्रकारहरु हकहितको लागि कामगर्ने बताए।


कार्यक्रममा महासंघका नव निर्वाचिज महासचिव रमेश बिष्ट, केन्द्रिय सदस्यहरु नकुल अर्याल, जानुका बराल, गोपाल बराईली, लेखनाथ न्यौपाने, भूपेन्द्र आचार्य, पुरुषोत्तम सुवेदी, राधेश्याम दाहाल, मिराराज भण्डारी लगायतलाई क्लबका सभापति ऋषि धमलाले खादा ओडाएर सम्मान गरेका थिए।
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले नव निर्वाचित केन्द्रिय समितिलाई बधाई तथा शुभकामना दिदै नेपालको पत्रकारीता क्षेत्रमा भएका विकृति र विसंगति हटाउन श्रमजिवि पत्रकारहरुका समस्या समाधान गर्न, लोकतन्त्र र प्रेस स्वतन्त्रताका निम्ति लड्न महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
त्यस्तै महासंघका अध्यक्ष गोविन्द आचार्यले क्लबका अध्यक्ष ऋषि धमलालाई पत्रकारीता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अभिनन्दन गरेका थिए।

 

 

तस्विर : पवन भट्टराई



प्रतिक्रिया दिनुहोस्