Logo

खेलकुदबाट समृद्धिको खोजी गर्नुपर्छः मन्त्रि केसी



कैलाली, १३ भदौ । युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु चिनाउन र समृद्धिशाली बनाउन सकिन्छ भन्नेम सरकार चिन्तित रहेको बताए ।

कैलालीको धनगढीमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पाँचौँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहका क्रममा मन्त्री केसीले उहाँले नेपालजस्तो मुलुकले खेलकुदको विकासका लागि छुट्टै खेलकुद मन्त्रालय बनाउनु आफैमा राम्रो प्रयास भएको दावि गरेका छन् ।

कार्यक्रममा राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलाडीको क्षमता र योग्यता अभिवृद्धि गर्नका निम्ति विभिन्न खालका ज्ञान तथा सीप दिलाउनका निम्ति विशेष ध्यान दिइने जानकारी दिए । महाधिवेशनमा देशभरका १३२ प्रतिनिधि सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्