Logo

निर्वाचनसम्बन्धी कानुन निर्माणमा किन ढिलाई ? यस्तो छ कानुनमन्त्रीको जवाफ



भदौ १४, काठमाण्डौ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले निर्वाचन आयोगलाई चाहिने निर्वाचनसम्बन्धी कानुन अलमल नगरी छिटै दिइने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले राज्य व्यवस्था समितिका संयोजक दिलबहादुर घर्तिको पारिवारिक समस्याका कारण निर्वाचनका लागि चाहिने कानुन निर्माण हुन ढिलाई भएको बताए ।

“हामीहरु आपसमा सल्लाह गरिरहेका छौँ । अब निर्वाचन आयोगलाई चाहिने कानुनको दफाबार छलफल संशोधनसहित पारित हुन्छ ।” मन्त्री बस्नेतले भने ।
“निर्वाचनलाई असर पर्ने गरी कुनै काम हुने छैन । सरकार निर्वाचनको तयारीमा जुटेको छ ।” मन्त्रीको दाबी छ । संसद र प्रदेशको चुनाव एकैपटक गराउने विषयमा सहमति भइसकेको जनाउँदै बस्नेतले कानुन निर्माणमा पनि ढिलाई नहुने बताए ।

यसअघि मंगलबारको कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले तत्काल निर्वाचनसम्बन्धी ऐन कानुन उपलब्ध नभए तोकिएको समयमा चुनाव गराउन नसकिने बताएका थिए ।
तर मन्त्री बस्नेतले कानुन निर्माणमा ढिलाई नभएको तर्क गर्दै समितिमा छलफलका क्रममा रहेको कानुनमा संशोधन परेको तर सहमतिको नजिक पुगेकाले केही दिनमा नै कानुन निर्माण हुने दाबी गरे । “निर्वाचनसम्बन्धी कानुनको अभावमा निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने हो कि भन्ने आशंका गर्नु स्वाभाविक हो । तर कानुनको कारणले निर्वाचनमा असर पर्दैन । हामी कानुन निर्माण छिटै सक्छौँ ।” बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्