Logo

दुई चरणमा निर्वाचनगर्ने सरकारको निर्णय गलत: केपी ओली



काठमाडौं १४ भदौ। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पार्टीले प्रदेश र संघको चुनाव दुईचरणमागर्ने सरकारको निर्णय गलत भएको टिप्पणी गरेका छन् ।
बैंककमा स्वास्थ्य उपचार गरी स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई चरणमा चुनाव गर्नुको औचित्य नभएको दावि गरे ।
दुई चरणमा चुनाव गराउने विषयका बारेमा एमालेसँग सरकारले सल्लाहसमेत नगरेको भन्दै अध्यक्ष ओलीले भने,‘मत पत्र छाप्ने लगायतको तयारीका लागि ४ गतेको चुनावलाई १० गते सारेपछि फेरि १० गतेको चुनाव २१ गतेलाई सार्नुपर्ने आवश्यकता हामी देख्दैनौं।’
बुधबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्र सभा र प्रदेशसभाको १० गते र २१ गते दुई चरणमा चुनाव गराउने निर्णय गरेको छ ।
यस अघि आगामी मंसिर १० गते एकै चरणमा चुनाव गराउने सरकारले निर्णय गरेको थियो । निर्वाचनलाई धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउन माग गरे। उनले भने,‘भ्याइएन भने पनि जिम्मेवार राजनीतिक दलहरुसँग परामर्श गरेर जानुपर्छ र विश्वासको वातावरण बनाउनुपर्छ।’
अध्यक्ष ओलीले राजपाका कार्यकर्ताले हिजो जनकपुरमा एमाले अगुवा भेलामाथि आक्रमण गरेको विषयलाई ईगित गर्दै भने,‘यदि एमाले प्रतिकारमा उत्रेको खण्डमा के हुन्छ ? राजपा राजनीतिक पार्टी हो भने राजनीतिक मान्यतालाई अंगाल्नैपर्छ।’
एमाले डरपोक पार्टी नभएको बताउदै अध्यक्ष ओलीले भने,‘एमालेमाथि राजपा जसरी प्रतिकारमा उत्रियो एमाले त्यसरी राजपा माथि जादैन, राजपाका कार्यकर्ताले हिजो जसरी जनकपुरमा आक्रमण गर्नु भयो त्यो राजनीतिक चरित्र होईन, शारिरिक आक्रमण गर्ने, हात हतियार प्रहारको राजनीति राजपाले गर्दैछ, राजनीतिक चरित्र लिएर जनताका बीचमा जानको लागि आग्रह गर्दछु।’
तस्बिर – मुकुन्द कालिकोटे


प्रतिक्रिया दिनुहोस्