Logo

बेल भित्राउने युनाइटेड अन्तिम कसरतमा



म्यानचेस्टर एजेन्सी, १४ भदौ । म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका गेराथ बेल भित्राउने अन्तिम प्रयास थालेको छ । युनाइटेडले बेलका लागि १ सय मिलियन युरोको प्रस्ताव ला लिगा च्याम्पियन सामू राखेको बताइएको छ । सरुवा बजार बन्द हुन एक दिन बाँकी रहँदा युनाइटेडले यस्तो प्रयास गरेको हो ।

भ्यालेन्सियासँग २–२ को बराबरी गरेको रियलको पछिल्लो ला लिगा खेलमा वेल्सका बेलले प्रभाव जमाउन सकेनन् । बरु त्यो खेलमा मार्को एसेन्सियोले आफ्नो प्रभाव देखाएका थिए । कतिपय स्पेनिस सञ्चारमाध्यमले त्यो खेल रियलबाट बेलको अन्तिम खेल भएको अनुमान पनि गरेका छन् ।

टोटेनह्यामका पूर्व स्टार बेल लगातार रियलका फ्यानबाट आलोचित हुँदै आएका छन् । यो सिजन रियलमा बस्दा पनि उनले पर्याप्त अवसर पाउनेमा शंका रहेको छ । युनाइटेडले भने सरुवा बजार खुले देखि नै बेल प्रति चासो देखाइरहेको थियो । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले पनि बेलका बारेमा बारम्बार चर्चा गदै आइरहेका छन् । युरोपियन च्याम्पियन टोली रियलमा आबद्ध भएयता उनी पटक पटक चोटग्रस्त हुँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्