Logo

बार्सिलोनाको पहिलो रोजाइमा कोन्टिन्हो



काठमाडौं, १५ भदौ ।इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्हो अझै पनि स्पेनिस क्लब बार्सिलोनाको पहिलो रोजाइमा छन् ।

बार्सिलोनाले कोन्टिन्होलाई क्लब भित्र्याउन तीनपटक प्रयास गरेकोमा सफल हुन सकेन । उसले अझै पनि उनलाई आफ्नो रोजाइको पहिलो नम्बरमा राखेको छ । पछिल्लोपटक बार्सिलोनालो २५ ब्राजिलियन खेलाडीका लागि ११ करोड ४० लाख पाउण्डको प्रस्ताव गरेको थियो ।

तर लिभरपुलले त्यसलाई पनि अस्वीकार गर्‍यो । यस्तै बार्सिलोनाले मोनाकोका थोमस लेमरलार्य पनि क्लब भित्र्याउन चाहेको छ । उसले २१ वर्षे लेमरका लागि ६ करोड पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको छ । यस्तै बार्सिलोना युभेन्टसका पाउलो डिबालाप्रति पनि आकर्षित छ ।

२३ वर्षका डिबलाले गएको सिजन युभेन्टसलाई सिरी एको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यो पटकका लागि खेलाडी ट्रान्फर विन्डो बिहीबार राति अबेर सकिँदैछ । यो अन्तिम समयमा बार्सिलोना आफूले तोकेका खेलाडी भित्र्याउन अन्तिम प्रयासमा जुटेको छ ।

नेइमार विश्व कीर्तिमानी २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि बार्सिलोना उनी जस्तै अर्को उत्कृष्ट खेलाडीको खोजीमा छ । यसक्रममा उसले उसमान डेम्बेलेलाई अनुबन्ध गरिसकेको छ ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्