काठमाडौं, १५ भदौ । राष्ट्रिय अपाङग अनुसन्धान तथा विकास केन्द्रको समन्वयमा मोप्पो नेपाली समाज दक्षिण कोरियोको संयूक्त पहलमा बाढि पीडितलाई राहत वितरण गरेको छ।
नेपालमा पहिलो पटक अपाङगता भएका व्यक्तिहरुको तर्फबाट दैवि प्राकृतिक विपतिबाट प्रताडि चितवनको माडीनगरपालीका बासिको लागि १ लाख ५० हजार मुल्य बराबरको राहत वितरण गरेको राष्ट्रिय अपाङ अनुसन्धान केन्द्रका अध्यक्ष निलकण्ठ पौडेले जानकारी दिएका छन् ।
रिपोर्टर्सनेपालसँगको कुराकानिमा अध्यक्ष पौडेले भने,‘हामीले नौलो अभ्यास सुरु गरेका छौ, सरकार राहत कार्यमा हल्का ढंगले लागि रहेको बेला हामीले बाढि पीडितलाई सक्ने सहयोग गरेका छौ, समाजले हामी जस्ता अपाङगता भएका व्यक्तिहरुलाई माग्नेहुन भन्ने तवरले सम्बोधन गर्छ, तर हामी परेको बेला अरुलाई सहयोग समेत गर्न सक्छौ भनेर प्रमाणित गरेका छौ।’
सहयोग गर्नेहरुमा अब्दुल बसिद कतार, फम्फा खड्का लन्डन, अरुण सेजुवाल दक्षिण कोरिया, विष्णु गौतम, प्रदिप कुमार केसी, रवि मर्हजन, बिदुर श्रेष्ठ, एलिना संग्रौला लन्डन, लगायत व्यक्तिहरुको आर्थिक सहयोगमा राहत वितरण गरेको अध्यक्ष पौडेलले जानरी दिए ।
राहत वितरणमा केन्द्रका अध्यक्ष लगायत सदस्यहरुमा भिम केसी, प्रमेश्वर जोशी, हरिकृष्ण गजुरेल, विष्ण ज्ञवाली, ज्ञानु भण्डारी लगायतका व्यक्तिहरु बाढि पीडितहरुको घर आगनमा पुगेको जानकारी दिएका छन् ।





प्रतिक्रिया