Logo

विश्वकप छनौट फुटबल : फ्रान्सद्वारा नेदरल्याण्ड्स पराजित



काठमाडौं, भदौ १६ । विश्वकप छनौट फुटबलअन्तर्गत गएराति भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।

घरेलु मैदानमा फ्रान्सलाई ४–० ले विजयी गराउन थोमस लेमारले दुई गोल गरे भने एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पेले १–१ गोल गरेका थिए ।

यही समूहका अरु खेलमा बुल्गेरियाले स्विडेनलाई ३–२ ले हराउँदा लम्जेम्बर्गले बेलारुसलाई १–० ले पाखा लगायो । समूह ‘बी’को खेलमा पोर्चुगलले फारो आईल्याण्डलाई ५–१ ले पराजित गर्दा हंगेरीले लात्भियालाई ३–१ ले तथा स्विटजरल्याण्डले एण्डोरालाई ३–० ले पराजित गरे ।

समूह ‘एच’का खेलहरुमा बेल्जियम र साईप्रस विजयी भएका छन् । बेल्जियमले जिब्रल्टारलाई ९–० ले पराजित ग¥यो । बेल्जियमका लागि रोमेलु लुकाक र थोमस मुनियरले ह्याट्रिक गर्दा एक्सल विट्सलले २ तथा एडिन हाजार्डले १ गोल गरे ।

यही समूहको अर्को खेलमा साईप्रसले बोस्निया हर्जगोभिनालाई ३÷२ ले पराजित गर्दा ग्रिस र ईस्टोनियाले गोलरहित बराबरी खेले ।



प्रतिक्रिया दिनुहोस्