Logo

अचारसंहिता उलंघन गर्नेलाई जनताले पाठ सिकाउने : नेता कोइराला



पर्सा, १६ भदौ । स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद भएको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आज वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी हुनुभएका नेता कोइरालले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अचारसंहिता उलंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताउनुभयो ।

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अचारसंहितको पूर्णपालना हुनु सबैको हितमा भएको बताउँदै उहाँले अचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्