Logo

सुपथ मूल्यका पसल सञ्चालनमा



काठमाडौँ, १६ भदौ । नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् ।

आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पाेरेशन, नेपाल खाद्य संस्थान, नेशनल टे«डिङ कर्पाेरेशन र दुग्ध विकास संस्थानले आजदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका हुन् ।

कालिमाटी, टेकु, सतुंगल, कोटेश्वर, जावलाखेल, सूर्यविनायक, रामशाह र कलंकी तथा उपत्यका बाहिर बनेपा, विराटनगरलगायत २२ स्थानबाट ती पसल सञ्चालनमा आएका हुन् । साल्ट ट्रेडिङ कर्पाेरेशनले तीनवटा घुम्ती सेवालाई पनि सञ्चालनमा ल्याएको छ । कर्पाेरेशनले नूनमा रु दुई र चिनीमा रु पाँच छुटको व्यवस्था गरेको छ ।

विशेषगरी दैनिक उपभोग्य सामान नून, चिनी, चामल, तेल, पिठो, गेडागुडी, दाल, दुग्धजन्य पदार्थ उपभोक्ताले सहजरुपमा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ सरकारले हरेक वर्ष यस्ता पसल सञ्चालनमा ल्याउने गर्छ ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयद्वारा आज रामशाहपथमा सुपथ मूल्यको पसलको शुभारम्भ गर्दै चाडबाडको समयमा दैनिक उपभोग्य वस्तु सहजरुपमा उपभोक्ताले उपभोग गर्न यस्ता पसलले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले दुर्गम क्षेत्रमा पनि सरकारले यस्ता पसल प्रभावकारीरुपमा सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानले चाडपर्वका समयमा नून, चिनी तथा खाद्य पदार्थमा विशेष छुटको प्रबन्ध मिलाएको जानकारी दिनुभयो । नेशनल ट्रेडिङ कर्पाेरेशनका महाप्रबन्धक लवराज जोशी, दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाले संस्थानका बारेमा प्रकाश पार्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्