Logo

अमेरिकी टेनिस स्टार सेरेना आमा बनिन्



वासिंटन, भदौ १७ । अमेरिकी टेनिस स्टार सेरेना विलियमस आमा बनेकी छन् । उनले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

सेरेनाका प्रशिक्षक पेट्रिक मोउरटुग्लुले ट्वीट गर्दै सेरेना आमा बनेको जानकारी दिएका हुन् । अमेरिकी अखबार वासिंटन पोस्टका अनुसार सेरेनाको छोरीको जन्म सिजेरियन अप्रेशनका माध्यमबाट भएको हो । शिशुको वजन ६ पाउन्ड १३ औंस बताइएको छ । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रेमी एलेक्सिस ओहानियन र सेरेनाको पहिलो बच्चा जन्मिएको खबरसँगै शुभकामनाको ओइरो लागेको छ ।

विश्व नम्बर एक टेनिस खेलाडी राफेल नाडालले सेरेनालाई बधाइ दिदैं भनेका छन्, ‘सेरेना, तिमीलाई धेरै धेरै बधाइ, धेरै खुशी रहनु ।’ गायिका बियोन्सेले पनि सेरेनालाई बधाइ दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस्