Logo

बुढीगण्डकी आयोजना तत्काल अघि बढाउन माग–फोटोफिचर



काठमाडौं, १७ भदौ । १२०० मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल अघि बढाउनको लागि बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले माग गरेको छ ।

राजधानीको माईतिघरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै समितिका अध्यक्ष दिनेश कुमार ढकालले अवरुद्ध रहेको आयोजनाको काम तत्काल सुरु गर्न र रोकिएको मुआब्जा वितरण गर्न सकारसँग माग गरे ।

उनले भने,‘हामी उक्त आयोजनाका कारण पीडित बनेका छौँ, न त आयोजना अघि बढेको छ, न हाम्रो वासको व्यबस्था गरिएको छ, यस्तो अवस्थामा हामी चुप बस्न सक्दैनौ, पुर्नवास, मुआब्जामा लिएको कर फिर्ता गर्नुपर्छ, जग्गाको हालको अवस्थाको मुआब्जा उपलब्ध गराउनु पर्ने लगायतका १० बुँदे माग अघि सारेका छौँ, सरकार यस धर्ना प्रति गम्भिर बन्नेछ।’

अध्यक्ष ढकालले अघि थपे,‘यदि सरकारले तत्काल हाम्रा माग सम्बोधन गरेन आमरण अनशन बस्नेछौँ, हाम्रो घरवास नभएको स्थितिमा हामी कसरी पीडा सहेर बस्ने? सरकारले नत भुकम्प पीडिको लागि वितरण गरेको दोस्रो किस्ताको रकम दिएको छ, न त यता आयोजनाले उचित जग्गाको मुख्य र मुआब्जा लिएको छ।’

तस्बिर – मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्