Logo

परिवर्तनको एजेण्डालाई स्विकार गर्ने दलसँग चुनावी तालमेल गर्छौँ : पम्फा भुसाल



भदौ १८, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रदेश नम्बर २ मा हुने चुनावको तयारीस्वरुप वीरगंजमा बैठक बसिएको बताएकी छिन् । प्रवक्त भुसालले प्रदेश नम्बर २ मा माओवादी केन्द्र पहिलो ठूलो दल बन्ने गरी चुनावी तयारी गरिरहेकोसमेत बताएकी छिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता भुसालले परिवर्तनको एजेण्डा ल्याउने पार्टी माओवादी भएको जिकिर गर्दै त्यसलाई मधेशका जनताले स्विकार गरेको बताइन् । पछिल्लो समय मधेशबाट हजारौँ जनता माओवादीमा प्रवेश गरेको बताउँदै भुसालले पहिलो ठूलो दल बन्ने दाबी गरिन् ।
आवश्यकता अनुसार परिवर्तनको एजेण्डालाई स्विकार गर्ने दलसँग चुनावी तालमेल गर्ने भुसालको भनाई छ । एक्लै चुनाव जित्ने आधार भएका स्थानमा तालमेल नगर्ने तर अन्य स्थानमा तालमेल गरेर जित्ने आधार बनाउने भुसालका तर्क छ । नेकपा एमाले पनि परिवर्तनको शक्ति भएकोले चुनावी तालमेल हुनसक्ने उनले बताइन् ।
चुनावी तालमेलका लागि पहिलो प्राथमिकता मधेशवादी दल, दोस्रोमा सत्ता साझेदार नेपाली कांग्रेस रहेको भुसालले बताइन् ।
माओवादी केन्द्रले सजिलै उम्मेदवार टुङ्गो लगाउने दाबी भुसालको छ । पार्टी प्रवेश र एकतामा आएकालाई समावेश गर्नुपर्ने भएकाले उम्मेदवार चयन केही ढिला भएको भुसालले बताईन् । आजै उम्मेदवार सार्वजनिक गर्ने भुसालले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस्