Logo

प्रदेश नम्बर २ मा एमाले नै सबैभन्दा ठूलो दल बन्छ : युवराज ज्ञवाली



भदौ १८, काठमाण्डौ । नेकपा एमालेका नेता तथा उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश नम्बर दुईको स्थानीय तहको चुनावमा एमालेभन्दा अगाडि अरु कुनै दल जान नसक्ने दाबी गरेका छन् ।
नेकपा एमालेले प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तहको चुनावका लागि सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गरेको नेता ज्ञवालीले बताए । २ नम्बर प्रदेशमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित गर्नका लागि एमालेले प्रयास गरेको र त्यसमा सफल हुने नेता ज्ञवालीको दाबी छ ।
सबै दलले प्रदेश नम्बर २ मा पहिलो दल बन्ने दाबी गरेकोतर्फ संकेत गर्दैै ज्ञवालीले भनेका छन्, “सबैभन्दा धेरै जनताको विश्वास कुन दलप्रति रहेछ भन्ने कुरा चुनावको परिणाम आएपछि थाहा हुन्छ । चुनावमा जाँदा सबैले जित्ने दाबी गर्नु सामान्य हो ।”
नेता ज्ञवालीले अधिकांश स्थानीय तहको उम्मेदवार टुङ्गो लगाइसकेको जानकारी दिएका छन् । प्रदेश नम्बर दुईको स्थानीय चुनावमा अवस्था हेरेर पार्टीलाई फाइदा हुने गरी तालमेल गर्ने नेता ज्ञवालीले बताएका छन् । तालमेलका विषयमा स्थानीय समितिले ने निर्णय गर्ने उनले बताए । संविधान संशोधनको प्रस्ताव असफल बनाएकाले पार्टीलाई मधेशमा कुनै नोक्सान नहुने दाबी समेत ज्ञवालीको छ । त्यस्ता प्रस्ताव आगामी दिनमा पनि एमालेले असफल बनाउने उनको भनाई छ ।
संशोधन प्रस्तावको विरुद्धमा मतदान गरेकाले एमालेको विरुद्धमा मधेशी जनता नजाने विश्वास ज्ञवालीको छ ।
स्थानीय तहको तेस्रो चरणको चुनावलाई धाँधलीरहित बनाउन चुनौति रहेको एमालेको धारणा छ । सबै दल र सरकारी निकाय एकतावद्ध भएर चुनावलाई सफल बनाउनुपर्ने ज्ञवालीको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्