Logo

राफायल नाडाल युएस ओपन टेनिसको प्रि-क्वाटरफाइनलमा



काठमाडौं, १८ भदौ  । विश्व नम्बर एक टेनिस खेलाडि राफायल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्पेनका नाडालले अर्जेन्टिनाका लियोनार्दो मेयरलाई संघर्षपूर्ण खेलमा ३-१ ले पराजित गरेका हुन् । पहिलो सेट ६–७ ले गुमाए पनि नाडालले त्यसपछिका तिन सेट ६–३, ६–१ र ६–४ ले जित्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

यसैगरी स्पेनका फेलिसियानो लोपेजलाई ६-३, ६-३ र ७-५ ले हराउँदै स्विस खेलाडी रोजर फेडेरर पनि प्रि–क्वार्टरफाईनलमा पुगेका छन् ।

वर्षको अन्तिम ग्राण्ड स्लाम युएस ओपन तेस्रो चरणका अन्य खेलमा विजय हुँदै अष्ट्रियाका डोमिनिक थिएम,अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो र जर्मनीका मिसा भेरेभ पनि अन्तिम १६ मा पुगेका छन् ।

त्यस्तै महिलातर्फ विश्व नम्बर एक क्यारोलिना प्लिस्कोभा प्रि क्वाटरफाइनलमा पुगेकी छन् । तेस्रो चरणको खेलमा चीनकी साउई झाङलाई ३–६, ७–४ र ६–४ ले पराजित गर्दै प्लिस्कोभा अन्तिम १६ मा पुगेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्