Logo

भारतीय प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल बिस्तार



नयाँ दिल्ली (भारत), १८ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मन्त्रीमण्डलको विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्रीले आफ्नो नेतृत्वको मन्त्रीमण्डलमा आएका नयाँ सदस्यलाई बधाई दिनुभएको छ । मन्त्रीमण्डलमा स्वागत गर्दै उहाँले नयाँ सदस्यको अनुभव तथा ज्ञानले आफ्नो सरकारमा ठूलो महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्धी मोदीले भन्नुभयो, “मैले आज सपथ लिने सवैजनालाई बधाई दिन चाहन्छु । तपाईहरूको ज्ञान र अनुभवले मन्त्रीमण्डलमा ठूलो महत्व राख्ने छ ।”

पुनर्गठित नौ मन्त्रीहरूमध्ये चारलाई ‘क्याविनेट’ मन्त्रीका रूपमा ल्याइएको छ । सवै जना मन्त्रीले आइतबार नै पद तथा गोपनियताको सपथ लिनुभएको छ । यो प्रधानमन्त्री मोदीले मन्त्रीमण्डलमा गर्नुभएको तेस्रो विस्तार हो ।

विस्तारसँगै मुख्तर अव्वास नाग्भी, धर्मेन्द्र प्रधान, पियुष गोयल र निर्मला सितारमणलाई मन्त्रीपरिषद्मा पदोन्नती गरिएको छ भने नौ जनालाई राज्य मन्त्रीमा नियुक्त गरिएको छ । यससँगै भारतीय मन्त्रीपरिषद्मा २७ क्याविनेट मन्त्रीसहित ७६ सदस्य पुगेको छ ।

प्रधानन्त्री नरेन्द्र मोदीद्वारा आज गरेको मन्त्रीमण्डल विस्तारपछि निर्मला सीतारमणलाई रक्षा एवम् पीयूष गोयललाई रेल मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी उमा भारतीलाई जल संशाधन, नदी विकास एवम् गङगा संरक्षण मन्त्रालय लिनुभएको छ । धर्मेन्द्र प्रधानलाई पेट्रोलियम मन्त्रालय तथा कौशल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । सुरेश प्रभुले रेल मन्त्रालयबाट उद्योग तथा वाणिज्य मन्त्री बनाइएको छ । रासस/पीटीआई/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्