Logo

युएस ओपन टेनिसको चौथो चरणबाटै सारपोभा बाहिरिन्



काठमाडौं, १९ भदौ । रुसी खेलाडी मारिया सारपोभा युएस ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएकी छिन् ।

डोपिङ कसुरमा तोकिएको प्रतिबन्ध सकाएर १९ महिनापछि टेनिस कोर्टमा फर्किएकी सारापोभाको पुनरागमन सुखद हुन भने सकेन ।
चौथो चरणको खेलमा सारपोभालाई लात्भियाकी अनास्तासिया सेभास्तोभाले ५ र ७, ६ र ४ र ६ र २ ले हराएकी हुन् ।

यता अमेरिकी खेलाडी भेनस विलियम्स भने क्वाटरफाइनलमा पुगेकी छन् । चौथो चरणको खेलमा स्पेनिक कार्ला सुवारेज नाभारोलाई ६ र ३, ३ र ६ र ६ र १ ले हराउँदै भेनस अन्तिम आठमा पुगेकी हुन् ।

यता पुरुष एकलतर्फ ईटालीका लोरेन्जीलाई ६ र ४, ६ र ३, ६ र ७ र ६ र ४ ले हराउँदै दक्षिण अफ्रिकाका केभिन एण्डर्सन क्वाटरफाइनलमा पुगेका छन् ।
यसैगरी कठिन खेलमा क्यानाडाका डेनिस सापोभालोभलाई ७ र ६, ७ र ६ र ७ र ६ ले हराउँदै स्पेनका कारेनो बुष्टा पनि क्वाटरफाइनलमा पुगेका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्