Logo

विश्वकप फुटबल छनोट ग्रीसलाई हराउँदै बेल्जियम छनोट



काठमाडौं, १९ भदौ। ग्रीसलाई हराउँदै बेल्जियम अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

आइतबार राति भएको खेलमा ग्रीसलाई २/१ ले हराएपछि बेल्जियम विश्वकपमा छानिने आयोजक रुसपछिको पहिलो युरोपियन टोली बनेको हो ।

खेलमा बेल्जियमलाई विजयी गराउन यान भर्टोङ्गन र रोमेलु लुकाकुले एक-एक गोल गरे । ग्रीसका लागि भने गोन्काल्भेस रोड्रिग्वेजले पहिलो गोल गरेका थिए ।

युरोपेली समुह एच मा दुई खेल खेल्न बाँकी छँदै बेल्जियमले विश्वकपमा स्थान सुरक्षित गरेको हो । ८ खेलबाट बेल्जीयमको २२ अंक भएको छ भने दोस्रो स्थानको बोस्निया हर्जगोभिनाको १४ अंक मात्रै छ ।

विश्वकप छनोटअन्तर्गत आइतबार राति भएका अन्य खेलहरुमा स्विडेनले बेलारुसलाई ४-० ले हराउँदा नेदरल्याण्ड्सले बुल्गेरीयालाई ३-१ ले तथा पोर्चुगलले हंगेरीलाई १-० ले हराएका छन् ।

फ्रान्सलाई भने लक्जेम्बर्गले गोलरहित बराबरीमा रोकेको छ । स्विट्जरल्याण्डले लात्भियालाई ३-० ले पराजित गर्दा क्रोएशियाले कोसोभोमाथि १-० को जित निकालेको छ ।



प्रतिक्रिया दिनुहोस्