Logo

परोहा नगरपालिका मेयरमा युवा नेता शेख वकिलको चर्चा



अमिनु कुमार पटेल: रौतहट १९ भदौ । नेपाली काग्रेसका युवा नेता शेख वकिलको नाम रौतहटको क्षेत्र नम्बर २ परोहा नगरपालिकाको प्रमुख पदमा बढी चर्चा हुन थालेको छ ।

परोहा नगरपालिकाका साविक गाविस लौकाहा पोखरीयामा युवा नेता शेख वकिलले पहलगरी आफनो गाउँमा विगतको दिन देखि विकास पूर्वधारखानेपानी टंकी, विधालय भवन, स्वास्थ चौकी, प्रहरी चौकी, नगरपालिका भवन, मदरसा लगायत अन्य विकासील कार्यहरुले अब पुरै नगर विकासको लागि अगाडी बढनु भएसगै स्थानीय तहको चुनाब नजिकिदै गर्दा युवा नेता शेखको चर्चा हुन थालेको छ ।

ठूलो विनाशकारी बाढीले रौहतट लगायत अनय जिल्लामा हजारौ हजार परिवार लाई घर बिहीन बनाएको थियो । सो दैवीक प्रकोपको समना गर्दै परोहा नगरपालिकाको सबै वडाका बाढीपीडित परिवारहरु समक्ष शेख वकिलले आफै घर घर टोल टोलमा पुगी राहत पुरयाएकोले जनताहरूको माझ लोकप्रिय मानिएका शेखले अहिलेको समय घरदैलो अभियानमा तिब्रता दिन थालेका छन ।

युवायुवती देखि वृद्ध बृद्धा सम्मका सम्पुर्णलाई समान व्यबहार गर्ने शेखको बानीले गर्दा झनै लोकप्रिय नेताका रुपमा परिचित भएका छन । रौतहट क्षेत्र नं २ अरुवा नदिमालौकाहा, बसन्तपटी र पश्चिम नरकटिया हुदै भारत विहारको घोडासहन भन्नेलाई पुलको माध्यमले नजिक बजार सहजीकरण क्षेत्रमा पहल गरी बनाई दिईएकोले सदस्य शेखको चर्चा चल्न थालेको हो ।

नेता शेख वकिलको विकास र जनता प्रतिको प्रेम, स्नेह कै कारण परोहा नगरपालिका भित्रमा मात्र नभई २ नम्बर क्षेत्रमा पनि राम्रो छवि बनाएका लोकप्रिय नेताका रुपमा जनताहरले मान्दै आएका छन ।

रौतहट क्षेत्र नं २ काँग्रेसको गढको रुपमा चिनिएको ठाउँ भए पनि २ नम्बर क्षेत्रमा भने काँग्रेसकै कमजोरी का कारण संविधान सभाको चुनाबमा आफ्नो क्षेत्र गुमाउनु परेको थियो । पहिलेका कमि कमजोरीलाई हटाउदै अब हुने स्थानीय तह, प्रदेश र सा.सदको चुनावमा भने पार्टीलाई यस्ता गल्ती दोहोराउन दिन नहुने स्थानियको माग छ ।

स्थानीय तहको चुनाब नजिकिदै जादा परोहा नगरपालिकामा भने अब्बल र जित्न सक्ने उम्मेदवार शेख वकिलकै नाममा चर्चा चल्न थालेको स्थानीयश्रोत बाट खुल्न आएको छ ।

श्ेख वकिलले परोहा नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै जनताहरुको मन र भावना साटासाट गर्न थालेका छन ।
कुनै सरकारी वा पार्टीको ठूलो पदमा नरहेपनी विकास निर्माणका कार्य करोडौंका योजनाहरु भने शेखले ल्याएका छन ।

स्थानिय तहको निर्वाचनमा परोहा नगरपालिकाको प्रमुख पदमा जिताउनका लागिएक पटक विकास कार्य गर्न पुरै नगरको सेवा गर्न मौका दिन युवा नेता शेख वकिलले सम्पूर्ण नगरबासीहरुसँग आग्रह समेत थरेका छान ।



प्रतिक्रिया दिनुहोस्