Logo

नेपाल निजामती कर्मचारी युनियन संघ कार्य समिति धादिङद्धारा वार्षिकोत्सवको अवसरमा विरामीहरुलाई फलफुल वितरण



धादिङ, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियन संघ कार्य समिति धादिङले वार्षिकोत्सवको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ।

सोमबार धादिङ जिल्ला अस्पताल परिसरमा संघ कार्य समितिले आफ्नो स्थापना दिवसको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा अस्पतालका सबै विरामीहरुलाई फलफुल वितरण गरेको स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीले जानकारी दिए ।

धमलाका अनुसार उक्त कार्यक्रम संघ कार्य समितिका अध्यक्ष बालकृष्ण नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस धादिङ्का सचिव हरिराम बुर्लाकोटीले समेत आफ्नो हातबाट विरामीहरुलाई फलफुल वितरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय ट्रेड युनियन जिल्ला कार्य समिति धादिङका सचिव कृष्णकुमार श्रेष्ठ, कर्मचारी संगठनका अध्यक्ष कृष्णलाल उप्रेती, साथ अन्य युनियन संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्