Logo

शेयरबजारमा भारी गिरावट सबै समुहको परिसुचक ओरालो



भदौ १९, काठमाण्डौ । साताको पहिलो दिनबन्दभएको सेयर बजारदोस्रो दिन २५ दशमलव ४७अंकले घटेको छ । अघिल्लो साता ४२ अंकभन्दा बढिले घटेको शेयरबजार यो हप्तापनिओरालो लाग्ने संकेत देखिएको छ । सोमबार निकै उतारचढाव देखिएको कारोबार अन्तमा डाउनफल भयो ।

सोमबार २५ दशमलब ४७ सात अंकले ओरालो लागेर नेप्से परिसुचक १ हजार ५ सय ५४ दशमलव ५६ अंकमा आएर बजार बन्द भएको छ । त्यसैगरी ‘क’वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ५ दशमलव ८३ अंकले ओरालो लागेर ३ सय २५ दशमलव ४९ अंकमा बन्द भएको छ । सोमबारको कारोबारमा कुल १ सय ५२ कम्पनीको ८४ करोड २९ लाख २० हजार ३४ रुपैयाँको सेयर कारोबार भएको छ । ९ हजार २ सय ४१ पटकको कारोबारबाट १५ लाख ७० हजार ७ सय ३१ कित्ता शेयरहरु किनबेच भएका छन् ।

सोमवारको कारोबारमा आएका आठै समुहको परिसुचक ओरालो लागेको नेप्से समग्रमा १ दशमलव ६१ प्रतिशतले ओरालो लागेको छ । आइतबारको कारोबारमा सबैभन्दा धेरै बिमा समूहको परिसूचक १ सय ३६ दशमलव ७३ अंकले घटेर ८ हजार ७ सय १८ दशमलवशून्य एक अंकमा बन्द भएको छ । त्यसैगरी विकास बैंक समूह ३६ दशमलव १७ अंक, बाणिज्य बैक २५ दशमलव७४ अंकले घटेको छ । त्यसैगरी होटल समूह १३ दशमलव २५ अंक र जलविद्युत समूह १९ दशमलव ७३ अंकले घटेको छ ।

सोमबारको कारोबारमा सबैभन्दा धेरै आरएसडीसी लघुवित्त वित्तीय संस्थाको शेयरलगभग १० प्रतिशतले वृद्धि भएको छ । १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि शुक्रबार बुक क्लोज गरेको यस कम्पनी सबैभन्दा धेरै प्रतिशतले बढेको छ । सोमबारको कारोबारमा सबैभन्दा धेरै  फस्ट माइक्रो फाइनान्सका लगानी कर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

हाम्रो विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर कम्पनी र एनआइसी एसिया बैंकको शेयर मूल्य सबैभन्दा बढी गिरावट आयो । बजार घटे पनि फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, महालक्ष्मी विकास बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, निर्धन उत्थान बैंंक, नेपालक्रेडिट एन्ड कमर्स बैंक र सानिमा बैंकको सबैभन्दा धेरै रकमको कारोबार भयो । यी बैंकको कारोबार १ करोड रुपियाँभन्दा माथि भएको नेप्सेको तथ्यांकले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्