Logo

भदौ २८ गतेदेखि नयाँ नोट उपलब्ध गराउने राष्ट्रबैँकको तयारी, नयाँ नोट सटहीका लागि यि बैँकमा जानुहोस्



भदौ १९, काठमाण्डौ । दसैँका लागि आउँदो २८ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट २८ गतेदेखि नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइएको जनाएको छ ।

हरेक वर्ष दसैमा नयाँ नोटहरु सटहीको लागि विभिन्न समस्याहरु उत्पन्न हुनुका साथै नयाँ नोटको अभावको समस्या पनि सर्वसाधारणले झेल्नु परेको छ । यो वर्ष भने नेपाल राष्ट्र बैकले सर्वसाधारण जनाताको सुविधा र विगतमा भएको समस्याहरुलाई मध्ये नजर गर्दै नोट सटहीको सुबिधा सहज बनाउने दाबी गरेको छ । नेपाल बैक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका बिभिन्न शाखाहरुमार्फत २०७४ भाद्र २८ गतेदेखि ५, १०, २०, ५० र १०० रुपैया दरका नयाँ नोटहरु सर्वसाधारणमा वितरण गर्ने योजना राष्ट्रबैँकको छ । सर्वसाधारणहरुले तोकिएको बैंकका शाखा कार्यालयहरुबाट प्रति व्यतिm २७ हजार रुपैयाका दरले नयाँ नोट सटही गर्न पाउने छन् ।
सर्वसाधारणलाई लक्षित गर्दै केन्द्रीय बैंकले राजधानीभित्र थापाथली कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही सुविधा दिने छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सरकारका कार्यालयहरु र अन्य सरकारी तथा गैर सरकारी संघ सस्थालगायतका कार्यलयहरुलाई केन्द«ीय बैंकले सुचना प्रकाशन गरी नोट सटही सहज बनाउने राष्ट्रबैँकले जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट २०७४ भाद« २१ गते देखि ३० गतेसम्म नोट सटहीको सेवा उपलब्ध गराउनेछ ।
नोट सटहीको लागि उपत्यका बाहिरका जिल्लाहरुमा भने अन्य वर्षहरुमा नै तोकिएको बैंकको मातहतमा संचालित वाणिज्य बैंकहरुका शाखा कार्यालयबाट पनि उपत्यकासँगै भाद्र २८ बाट नै नयाँ नोटहरु सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पर्वहरुको अवसरमा नयाँ नोट वितरण गर्ने गर्दछ । तर पर्याप्त नयाँ नोट वितरण नहुदाँँ नोटको अभावको चपेटामा सर्वसाधारणहरु सधैँ पर्ने गरेका छन् । साविकको भन्दा यस वर्ष केन्द्रिय बैँकले नयाँ योजना बनाएको भए पनि यो बर्ष पनि समस्या नदोहोरीएला भन्न सकिन्न । काठमाण्डौ उपत्यकासहित मोफसलमा पनि अन्य समयमाभन्दा दशैँका बेला नोट साट्ने सर्वसाधारणको दोब्बर भिड हुने भएकाले यस क्षेत्रमा नोट सटहीको लागि वाणिज्य बैँकहरु मात्र प्रयाप्त नहुने भएकाले विकास बैक तथा अन्य वित्तिय कम्पनीहरुबाट पनि नोट सटहीको व्यवस्था गरिदिए सर्वसाधारणलाई राहत हुने थियो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम