Logo

कक्षा ९ मा पढ्दै नायिका मानन्धर



काठमाडौं, २० भदौ । ग्‍यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेपछि फिल्म क्षेत्रमा होमिएकी नायिका करिश्मा मानन्धर अहिले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी छिन् भन्दा धेरैलाई पत्यार नलाग्ला आखिर सत्य यहि हो पढ्ने चाहनेलाई उमेरले छेक्दैन भन्ने कुराको गतिलो उदाहरण बनेकी छिन् नायिका करिश्मा मानन्धर ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आवद्ध करिश्माले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्‍चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘म पुनः नियमित अध्‍ययनमा लागेकी छु, नियमित कक्षामा जान त सक्दिन् तर अध्‍ययन भने त्रिवेणीमा अध्ययन गर्न थालेकी छु।’

१४ वर्षको उमेरदेखि अभिनय सुरु गरेकी करिश्माले त्यसपछि पढाइ छुटेको बताइन्। ‘१४ वर्षबाट सिनेमामा काम गर्न थालेँ, पढाइ छोड्नैपर्‍यो’ उनले भनिन्, ‘सिनेमामा त मैले पिएचडी नै पास गरेको छु जस्तो लाग्छ।’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पढ्ने र सिक्ने कुरा आर्यघाटमा पुग्दासम्म जारी रहने भन्दै करिश्मा मानन्धरले स्कुल भर्ना हुनु नौलो नभएको बताए । करिश्मा नयाँ शक्ति पार्टीको सांस्कृतिक विभागकी प्रमुख पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्