Logo

धनकुटाका पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागी सहयोग



काठमाडौ, २० भदौ । मुटुको रोगका कारण पीडित भएका धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको उपचार खर्चका सहयोग रकम प्रदान गरिएको छ ।

सुर्य कुमार क्षेत्री दोश्रो अन्तरमिडिया फुटसल कपबाट संकलित रु १ लाख र २५ हजार थप गरि पत्रकार राईको परिवारलाई उपचार भईरहेको गंगालाल अस्पताल पुगी नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले प्रदान गर्नुभयो ।

पत्रकारलाई दुःख पर्दा सबै पत्रकार एक हुनुपर्ने भन्दै उपाध्यक्ष थापाले सबैले सहयोगी हात अघि बढाउनुपर्ने बतायनुभयो । त्यस्तै सुर्य कुमार क्षेत्री दोश्रो अन्तरमिडिया फुटसल आयोजक गोलपोष्ट स्पोटर्स एण्ड टे«निङ सेन्टका अध्यक्ष केशव थापाले हरेक बर्ष हुने प्रतियोगीताबाट संकलित रकम आपतमा परेका पत्रकार वा पत्रकारको परिवारलाई सहयोग गर्ने जानकारी दिनुभयो ।

लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गर्नुभएका राई नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएरसमेत काम गर्नुभएको थियो ।

राई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । राईको सोमबार नै गंगालाल अस्पताल बासबारीमा ओपन हार्ट सर्जरी भएको छ ।



प्रतिक्रिया दिनुहोस्