Logo

रफाईल नदाल युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश



काठमाडौं, २० भदौ । शिर्ष खेलाडी रफाईल नदाल युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

अन्तिम १६ को खेलमा युक्रेनका अलेक्जेन्डर डोल्गोपोलोभलाई हराउँदै नदाल क्वाटरफाइनलमा पुगेका हुन् । डोल्गोपोलोभ विरुद्धको खेल नदालले ६-२, ६-४ र ६-१ को सोझो सेटमा जिते ।

क्वाटरफाईनलमा नदालको भिडन्त रुसका आन्द्रेई रुब्लेभसँग हुनेछ । प्रि क्वाटरफाईनलमा बेल्जीयमका डेभिड गोफिनलाई ७-५, ७-६ र ६-३ ले हराउँदै रुब्लेभले नदाल विरुद्धको भिडन्त तय गरेका हुन् ।

उता महिलातर्फ चेक गणमतन्त्रका खेलाडीहरु क्यारोलिन प्लिस्कोभा र पेत्रा किभितोभा क्वाटरफाईनलमा पुगेका छन् । प्लिस्कोभाले जेनिफीर ब्राडीलाई ६-१ र ६-० को सोझो सेटमा हराँउदा किभितोभाले स्पेनकी गार्बिने मुगुरुजालाई ७-६ र ६-३ को सेटमा पाखा लगाईन ।



प्रतिक्रिया दिनुहोस्