Logo

विश्वकप छनौट : अर्जेन्टिना र भेनेजुएलाले बराबरी खेले



काठमाडौं, २१  भदौ ।आफ्नो महत्वपूर्ण खेलमा अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ।

दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनोटका लागि महत्वपूर्ण खेलमा लियोनल मेसीको टिम अर्जेन्टिना भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले ५१ औं मिनेटमा गोल खान पुग्यो। जोन मुरिल्लोले भेनेजुएलालाई अग्राता दिलाए। तर त्यसको तीन मिनेटपछिनै भेनेजुएलाले उपहार गोल फर्कायो।

भेनेजुएलाका रोल्फ फ्लेट्स्चारले आत्मघाती गोल अर्जेन्टिनालाई उपहार दिएपछि खेलमा अर्जेन्टिनाले १ अंक बटुल्यो। यो बराबरीसँगै अर्जेन्टिनाले रूस विश्वकपमा स्थान बनाउन आगामी महिना हुने छनोट चरणका खेलमा जित्नुपर्ने हुन्छ।

गएरातिको खेलसँगै अर्जेन्टिना १६ खेलबाट २४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ। १० देश रहेको क्षेत्रमा शीर्ष चारमा रहने टिम विश्वकपक लागि सोझै छनोट हुने छन् भने पाँचौं स्थानमा रहने टिमले प्लेअफ खेल्नुपर्ने छ । (एजेन्सी)

 



प्रतिक्रिया दिनुहोस्