Logo

आजदेखि सोह्रश्राद्ध सुरु, दिवङ्गत पितृको सम्झनामा तर्पणदान गरिँदै (फोेटोफिचर)



काठमाडौँ, २१ भदौ । हिन्दू धर्म अनुसार आज शुक्रबारदेखि दिवङ्गत पितृको सम्झनामा पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। सोह्रश्राद्ध सुरु भएपछि आफ्ना दिवङ्गत ज्येष्ठ पितृको तिथिमा अन्नजल अर्पण तथा तर्पणादि कार्य गरि चोखो भएर मांसहार वस्तुलाई निषेध गरिन्छ।

विशेषगरी ब्रह्मण जातिमा यस्को बढी महत्व छ। हरेक घरघरमा आजबाट आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म अर्थात् १६ दिनसम्म कायम रहने पितृपक्षमा आफ्ना पितापुर्खा, मावली, बन्धुबान्धवलगायत दिवङ्गत सबै पितृलाई तर्पणदान गरिन्छ।

पितृले जीवनमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा देहधारण गरेका हुन्छन् भन्ने मान्यता पाइन्छ। हिन्दूसंस्कारमा चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको पूजा गर्ने हिन्दू परम्पराअनुसार सोह्रसाद्ध गर्ने चलन चल्दैआएको छ।

आजका दिनदेखि समस्त हिन्दूहरुले घर तथा घर बाहिरका पशुपति, शङ्खमूल, गोर्कणलगायतका प्रमुख धार्मिकस्थलमा गएर पितृको सम्झनामा श्राद्ध गर्ने गर्छन्।

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्