Logo

शान्ति संरक्षणका लागि पोप कोलम्बिया भ्रमणमा



भ्याटिकनसिटी (इटाली), २१ भदौ । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सीस कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्देश्यले बुधबार कोलम्बियाको भ्रमणमा जानु भएको छ ।

उहाँको भ्रमणले कोलम्बियाको शान्तिपूर्ण अवस्थालाई स्थायित्व र तार्किक निश्कर्षमा पु¥याउने अपेक्षा गरिएको छ ।

कोलम्बियामा हजारौँ मानिसको ज्यान जानेगरी झण्डै ५० वर्षसम्म चलेको आन्तरिक द्वन्द्वको अन्त्य गर्नेगरी हालै मात्रै शान्ति प्रक्रिया अगाडि बढेको छ ।

उहाँको भ्रमण हुने भएपछि कोलम्बियाको सरकार र सबैभन्दा पछिसम्म युद्धमा रहेको विद्रोही समूह ईएलएनले युद्ध विरामको घोषणा गरेका छन् ।

ल्याटिन अमेरिकाको सबैभन्दा लामो गृहयुद्ध अन्त्य गरी पूर्ण शान्ति स्थापना गर्ने महत्वपूर्ण प्रयासको रूपमा यसलाई लिइएको छ ।

“शान्ति के हो भन्ने कुरा कोलम्बियाले लामो समयदेखि महत्व बुझेको छ, त्यो उपलब्धिका लागि यसले प्रयास पनि गरिरहेको छ, स्थायित्व र तार्किक निश्कर्षमा पुग्ने शान्ति स्थापना गर्न एकले अर्कालाई शत्रु होइन दाजुभाइको रूपमा हेर्नु र व्यवहार गर्नु पर्दछ,” पोपले सोमबार सम्प्रेषण गरेको भिडियो सन्देशमा भन्नुभएको छ ।

पाँचदिने भ्रमण अगाडिको उहाँको सन्देशमा भनिएको छ, “हामीले एउटा बच्चा र उसको आफ्नै बुबा जस्तो प्रेम र भरोसापूर्ण सम्बन्ध बनाउनु पर्दछ ।”

कोलम्बियामा करिब आधा शताब्दीसम्म जारी द्वन्द्वमा परी दुई लाख ६० हजार जनाको मृत्यु भएको पुष्टी भएको थियो, भने ६० हजार जना बेपत्ता भएका थिए । त्यसैगरी अरु सात लाख व्यक्ति विस्थापित भएका छन् ।

रक्तपातपूर्ण चक्रको अन्त्य गर्न बलपूर्वक कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह फार्कसँग विवादास्पद र ऐतिहासिक शान्ति सम्झौता भयो । तर यस सम्झौता विद्रोहीप्रति बढी लचक भएको भन्दै आलोचना पनि भएको छ ।

गतवर्ष सो सम्झौता पुनःविचार गर्नुपर्ने भन्दै जनमत संग्रहबाट झिनो मत अन्तरले अस्वीकृत भएको थियो । तर पनि राष्ट्रपति जोन म्यानुएल सान्तोष र फार्क विद्रोहीका नेताहरूले संयमता कामय राख्दै संसदबाट सम्झौतालाई पारित गराए ।

संसदबाट पारित गराउने बेलामा पनि विपक्षी रुढीबादी पाटीका नेता अल्भारो युरिब सम्झौताको विपक्षमै हुनुहुन्थ्यो । रासस÷एएफपी



प्रतिक्रिया दिनुहोस्