Logo

जर्मनीको कारागारमा तीन सय इस्लामिस्ट थुनिए



बर्लिन (जर्मनी), २२ भदौ । झण्डै तीन सय जना अति उग्रवादी इलामिस्ट जर्मनीको कारागारमा थुनामा परेका छन् ।

“फुङक” मिडिया ग्रुपले गरेको देशभरी गरेको सर्वेक्षण तथा अनुसन्धानबाट भेटिएको विवरणलाई बुधबार सार्वजनिक गरेको हो ।

जर्मनीका सबै क्षेत्रीय न्याय मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा पुगेर विवरणहरू संकलन गर्दा यस्तो भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

जर्मनीको हेस्से, बाभारिआ, उत्तर रहिने पश्चिम फालिआ र बर्लिनका कारागारहरूमा ठूलो संख्यामा इस्लामिस्ट भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

बाभारिआमा मात्रै ५५ जना बन्दी रहेको र उनीहरूले “इस्लामिस्ट एसोसिएसन” गठन पनि गरेका छन् । उनीहरूलाई हिंसाका आधारमा वर्गीकरण गरिएको छ ।

त्यसैगरी उत्तर रहिने पश्चिम फालिआको कारागारमा ४६ जना इस्लामिस्टको गणना गरिएको थियो भने बर्लिनमा ४२ जना र हाम्बर्गमा १२ जना भेटिएका थिए । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्