Logo

एसियाली सञ्जाल नेपालको १५ औं अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुने



काठमाडौं, २२ भदौ । गुणस्तरका लागि एसियाली सञ्जाल नेपालको पन्धौँ अन्तराष्ट्रिय सम्मेलन २०७४ काठमाडौंमा हुने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा सञ्जालले पत्रकार सम्मेलन गरेर आउँदो असोज ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका विविध विधाका १५० कार्यपत्र प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा सञ्जाल नेपालका सल्लाहकार समितिका सदस्य प्राध्यापक दिनेश चापागाँईले नेपालमा गुणस्तरको बारेमा धेरैलाई जानकारी नभएको टिप्पणी गरे ।

उनले भने,‘हाम्रो मुलुकमा गुणस्तर भनेको केवल खानेकुरा, दालचामल तरकारीलाई मात्रै बुझ्ने गरिएको छ, वास्तवमा गुणस्तर त्यतिमात्रै होईन, गुणस्तर अनेक विधामा चाहिन्छ, जस्तो शिक्षामा, स्वास्थ्यमा, टेक्नोलोजि लगायतका कुरामा गुणस्तरको खोजी गरेका हौ।’

प्राध्यापक चापागाईले कुनै पनि बस्तु लिने र दिने दुवै पक्ष उपभोक्ता भएको बताउँदै भने,‘लिदा जति राम्रो र योग्य वस्तुको आस गरिन्छ, अरुलाई दिदापनि उस्तै वस्तु दिनु नै सबैभन्दा ठुलो गुणस्तर त्यहि हुन्छ, हाम्रो मुलुकमा दिदा नराम्रो दिने, लिदा राम्रो खोज्ने, प्रहरीले गलतगर्नेलाई पक्राउ गर्ने, गलत मनसाय भएकाहरु लुकि लुकि सर्वसाधारण ठग्ने, यस्तो चलन खुब चलेको छ।’

त्यस्तै संस्थामका अध्यक्ष जनार्दन घिमिरेले प्रेस विज्ञप्ती बाचन गर्दैै उक्त सम्मेलनमा सहभागि हुन र समाचार माध्यायमा यसका बारेमा सबै जानकारी दिनको लागि आग्रह गरे ।

कार्यक्रममा प्राध्यापक डा.सुनिति श्रेष्ठले एसियाली सञ्जाल नेपालको पन्धौँ अन्तराष्ट्रिय सम्मेलनमा नेपालबाट १० विधामा कार्यपत्र प्रस्तुत हुने जानकारी दिईन्।
एसिया महादेशका विभिन्न १७ मुलुकका १५० भन्दा बढि गुणस्तर सम्बन्धि विज्ञहरुको उपस्थिति हुने उक्त सम्मेलनमा नेपालको तर्फबाट खाद्यान्न र टेक्नोलोजी विषयमा करिब एक दर्जन बिधामा कार्यप्रत्र प्रस्तुत गर्ने आयोजकले जानकरी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्