Logo

केही काम गरेन भन्नेलाई काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दरको जवाफ



भदौ २३, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले मेयरको जिम्मेवारी सम्हालेपछि उल्लेखनीय काम गरेको दाबी गरेका छन् । मेयरको पदभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा कार्यप्रगति सार्वजनिक गर्न गरिएको कार्यक्रममा मेयर शाक्यले आफुले सन्तोषजनक काम गरेको दाबी गरेका हुन् ।

एक सय दिनको समय अवधिमा महानगरपालीकाले एक सय एक वटा काम गरेको मेयर शाक्यले बताए । निर्वाचनका बेला आफुले प्रतिबद्धता जनाए बमोजिम एक सय दिनमा गर्ने भनिएका एक सय एक कार्यहरु मध्ये अधिकाशं कार्य सम्पादन भएको महानगरपालीकाका मेयर शाक्यले बताएका हुन् । त्यस्तै कतिपय कामहरुको नतिजा प्राप्त भईसकेको र कतिपय काम कार्यान्वयनको चरणमै रहेको पनि उनले जानकारी दिए । आर्थिक वर्ष २०७४÷७५ को निति, योजना तथा कार्यक्रम बजेटमा समावेश भईसकेकोले सोहि बमोजिम निर्वाचनका समयमा प्रतिबद्धता जनाईएका कार्यहरु सम्पादन गर्न प्रतिबद्ध रहेको मेयर शाक्यको भनाई छ ।
निर्वाचित जनप्रतिनिधिको नगर सभाबाट आर्थिक ऐन २०७४ र विनियोजन ऐन २०७४ जारि गरि राजश्वको अनुमान, खर्चको अनुमान, महानगरपालीकाको लागि एक वर्षे, पाँच वर्षे र विस वर्षे विकासका निति पारित भएको कार्यक्रममा जानकारी दिइयो । त्यस्तै शहर सफा गर्ने अभियान अन्तर्गत क्लिन द सिटि कार्यक्रमबाट एक हजार ९५ मेट्रिक टन फोहोर संकलन गरि व्यवस्थापन गर्नुका साथै ग्रिन द सिटि कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालीकाभित्र १ हजार ८ सय ३ वटा बृक्षरोपण गरिएको दाबी गरिएको छ ।

काठमाण्डौ महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि वहाल भएको विहिबार एक सय दिन पुरा भएको हो ।
मेयर शाक्यले िकामको विवरण सार्वजनिक गरे पनि महानगरवासी र अन्य सरोकारवालाले उनले केही पनि उल्लेखनीय काम गर्न नसकेको भनेर आलोचना गरिरहेका छन् ।
पदभार ग्रहण गरेलगत्तै जनप्रतिनिधिलाई मोबाइल खरिद गर्ने तथा आफूलाई गाडी किन्ने निर्णय गरेका शाक्य त्यसबेलादेखि नै आलोचनाको सिकार बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्