Logo

चलचित्र ‘दुई रुपैयाँ’ प्रदर्शनमा



काठमाडौं, २३ भदौ । बर्षको प्रतिक्षित चलचित्र ‘दुई रुपैयाँ’ले आजदेखी सोलो रिलिजको मौका पाएको छ । आजबाट देशव्यापी प्रदर्शन आरम्भ गरेको चलचित्र दुई रुपैयाँ’सँग भिड्न अन्य कुनै पनि नेपालीचलचित्र हलमा छैनन् ।

यहाँ भन्दा पहिले ‘ए मेरो हजुर २’ले सोलो रिलिजको मौका पाएको थियो । राजधानीका मल्टिप्लेक्समा उच्च शो पाएको ‘दुई रुपैयाँ’ले देशभरका करीब ८० भन्दा बढी हलहरुबाट प्रदर्शन सुरु गरेको हो ।

असीम शाहले निर्देशन बनेको यो चलचित्रको शिर्ष कुटुमा कुटु बोलको गीतबाट नै प्रतिक्षीत बनेको दुई रुपैयाँमा निश्चल बस्नेत,आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन इशान लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।



प्रतिक्रिया दिनुहोस्