Logo

युएस ओपन टेनिस : स्टेफेन र मेडिसन की प्रतियोगिताको फाइनलमा



भदौ २३ – युएस ओपन टेनिसको महिला एकल तर्फको उपाधि नयाँ खेलाडीले जित्ने निश्चित भएको छ । शुक्रबार भएको सेमिफाइनलमा प्रतिद्वन्दीलाई हराउँदै स्लोआन स्टेफेन र मेडिसन की प्रतियोगिताको फाइनल पुगेका हुन् ।

दुवैजना कनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको यो पहिलो पटक हो । स्टेफेनले नवौ बरियताकी भेनस विलियम्सलाई २/१ को सेटमा हराइन् ।

पहिलो सेट ६/१ ले गुमाएकी भेनस दोश्रो सेट ६/० ले जितेपनि तेश्रो सेट ७/५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् । अर्को सेमिफाइनलमा मेडिसनले कोको भान्डेविघलाई ६/१ र ६/२ को सोझो सेटमा पाखा लगाएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्