Logo

‘नेपाल आईडल’बाट सागर बाहिरिएपछि दर्शकले के भने ?



काठमाडौं, २४ भदौ । ‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट सागर आले बाहिरिएका छन् ।  सागर आले बाहिरिएसँगै उनका समर्थकहरुले विभिन्न प्रतिक्रिया दिन थालेका छन् ।

टप ६ बाट सुरज थापा आउट भएपछि नेपाल आईडल बन्न योग्य गायकका रुपमा हेरिएका सागर आले हिजोको टप ४ को सोबाट आउट भएपछि समर्थकहरुले ‘नेपाल आइडल’का बाँकि कार्यक्रम नहेर्नेमा पुगेको सहज अनुमान गर्न सकिन्छ ।

टप चारबाट तीनमा जाने भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित बनेको थियो । भोट गणनाको बिबाद अदालतसम्म पुगेकाले पनि चर्चाको विषय बन्यो ।

शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरण अनुसार पछिल्लो पटकको भोटिङमा चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् ।

उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् । त्यस्तै बुद्ध लामाले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् ।

दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् ।  उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् ।  उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्