Logo

बाढी पीडित बालबालिका लागि काठमाडौंमा कन्सर्ट हुने



काठमाडौं, २४ भदौ । सामाजिक सहयोग तथा सचेतना मञ्च नेपालले बाढी पीडित क्षेत्रका लागि कापी र कलम वितरणको लागि असोज ३ गते राजधानीमा कसन्र्ट गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष तथा नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपिलेश्वर यादवले बाढीबाट प्रत्यक्ष प्रभावित पाँच जिल्लाका विद्यार्थीहरुको लागि कापी र कलम उपलब्ध गराउने उद्देश्यले यो कन्सर्टको आयोजना गर्न लागिएको जानकारी दिएका छन ।

लामो समयदेखि नेपालको विद्यार्थी आन्दोलनमा सक्रिय रहेका अध्यक्ष यादवले नेपालका अतिविपन्न बालबालिका तथा विद्यालय जानबाट बञ्चित बालबालिकाहरुलाई शिक्षा प्रदानको लागि वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत सौगेन्द्र मण्डलले संस्थाको पृष्ठभूमिका बारेमा जानकारी दिए। संस्थाले मधेशमा रहेको दाईजो प्रथाको बिरुद्धमा विभिन्न आन्दोलन र सचेतनाको लागि काम गरिहरको समेत जनाएको छ ।

असोज ३ गते राजधानीको भृकुटिमण्डपमा आयोजना गरिएको कन्सर्टबाट उठेको सम्पूूर्ण साम्रगी मधेशका पाँच जिल्लामा वितरण गर्ने बताए ।

उनले भने,‘हामीले आयोजना गरेको कार्यक्रममा जो–जो आउनुहुन्छ तपाईले सकेजति कापी र कलम बोकेर आउनुहोला, देशका ख्याँति प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ, यसबाट उठेको रकमबाट हामीले राहत वितरण गर्नेछौँ, सप्तरी, सुन्सरी, धनुषा, मोरङ र सिरहामा पहिलो चरणमा ३ हजार व्रिद्यार्थीहरुको लागि राहत वितरण गरिनेछ।’



प्रतिक्रिया दिनुहोस्