Logo

न्यूनतम पारिश्रमिक लागु नगर्ने सञ्चारगृहलाई महासंघले कारवाही गर्छ : उपाध्यक्ष थापा



काठमाडौं, २४ भदौ । पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले ३ महिनाभित्र न्युनतम पारिश्रमीक लागु नगर्ने सञ्चारगृहलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

नेपालीवाणी नेटवर्कको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष मगरले ३ महिनाभित्र ऐन बमोजिम न्युनतम पारिश्रमिक प्रदान गर्नको सञ्चार गृहलाई आग्रह गरेका हुन ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका उपाध्यक्ष थापाले बढ्दो महँगी र आवश्यकत्ताको आधारमा पत्रकारहरुको स्तर अनुसारको पारिश्रमिक प्रदान गर्ने दिर्घकालिन स्थिति सिर्जना गर्नको लागि सञ्चारगृहलाई ३ महिनाको समय दिएको बताउँदै भने,‘पत्रकार महासंघको नयाँ नेतृत्व प्रति समाज र श्रमजीवि पत्रकारको ठुलो विश्वास र भरोसा छ त्यस अनुरुप हामीले काम गर्नैपर्ने बाध्यता छ।’

उनले अघि थपे,‘हामीले भाषण भन्दापनि काम गरेर देखाउने लक्ष्यका अघि बढेका छौ, यसमा सञ्चार गृहको साथ चाहिन्छ, हामीले सञ्चार गृहको बारेमा सरकारसँग विभिन्न प्रकारले सम्बोधन गर्नको लागि अनुरोध गरेका छौँ, आज यस नेटवर्कको सातौं वार्षिकोत्सवको अवसरमा सबै सञ्चार गृहलाई न्युनतम पारिश्रमीक प्रदान गर्नको लागि आग्रह गर्दछु ।’

त्यस्तै पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारहरुको हितका बारेमा महासंघ चिन्तित रहेको बताए । उनले भने,‘महासंघ अब न्युनतम पारिश्रमिकको मात्रै माग राखेर अघि बढेको छैन्, पत्रकारको परिश्रम, खटान, स्तर, योग्यता र कार्यभारको आधारमा पारिश्रमीक पाउनुपर्छ भन्नेमा छ।’

कार्यक्रममा नेटवर्कका साझेदार रेडियो तर्फबाट रेडियो सुर्खेतका प्रमुख एवम् वरिष्ठ पत्रकार चिरञ्जीवी अर्यालले नेटवर्कले पछिल्लो समयमा राम्रो प्रगती गरेको छ, सबै साझेदार रेडियोको लागि चिन्ता गर्नको लागि आग्रह गरेका छन्।

उनले भने,‘यस नेटवर्कको सुरुवाति देखिनै हामी जोडिएका छौँ, हामीले धेरै आरोह अवरोह पार गरेर यहाँसम्म आईपुगेका छौ, यस नेटवर्कले रविन्द्र रिजाल जस्तो योग्य नेतृत्व पाएको छ, आगामी दिनमा पछि फर्किनु पर्ने दिन आउने छैन्।’

नेपालीवाणी नेटवर्कका स्टेशन प्रमुख रविन्द्र रिजालले नेटवर्कमा काम गर्ने कर्मचारीहरुलाई न्युनतम मात्रै नभएर कार्यभारसँगै स्तर अनुसारको पारिश्रमीक प्रदान गरिरहेको दाबी गरे ।

उनले भने,‘यहाँ आजका प्रमुख अतिथि महासंघ उपाध्यक्ष हुनुहुन्छ, हाम्रो यस नेटवर्कमा काम गर्ने कर्मचारीहरुका गुनासा सुन्नपर्ने छैन्, विगत ९ महिनादेखि मेरो नेर्तत्व आएदेखि काम गर्ने साथिहरुको बारेमा गहन भएर लागिएको छ, बरु महासंघले सरकारलाई रेडियोमा प्रशारण गर्न मिल्ने विज्ञापन सामग्री उपलब्ध गराउने कुरामा पहल चाल्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम