Logo

कर्णालीको विकासमा सरकार बारबार चुकेको छ: महासचिव शाही



काठमाडौं, २४ भदौ । नेपाल तरुणदलका महासचिव भूपेन्द्रजंग शाहीले कर्णालीको विकासमा सरकार बारम्बार चुक्ने गरेको आरोप लगाएका छन् ।

कर्णाली कला संस्कृति प्रतिष्ठानले विजया दशमीको शुभकामना आदान प्रदान तथा रचना वाचनका निम्ति आयोजना गरेको कर्णाली गुन्जन कार्यक्रममा बोल्दै महासचिव शाहीले हालसालै निर्वाचन क्षेत्र निधारण आयोगले तोकेको निर्वाचन क्षेत्रले जनसंख्यालाई आधार मानेर सार्वजनिक गरेको रिपोर्टले फेरी पनि कर्णालीलाई अन्यायमा पारेको दाबि गरे ।

उनले भने,‘कर्णाली भाषा साहत्यको उद्गगम भूमि मात्रै होईन, मानव सभ्यताको ऐतिहासिक स्थल हो, राज्यले कर्णालीलाई दुर सम्झि रहेको छ, म चुनौति दिन चाहन्छु, अब कर्णाली कठै र बिचरामा बाँच्न सक्दैन, भरोसा धेरै पायो तर व्यबहारमा आधारभूत आवश्यकताको अनुभुत गर्न पाएको छैन, राज्य भए नभएको भान अझै भएको छैन, त्यहाँ प्रतिनिधित्वमा जनसंख्याको कारण देखाउदै आयोगले फेरी गल्ति गरेको छ, अब कर्णालीको विकासको लागि यूवाहरु जुट्नुपर्छ, यूवाहरुले अवसरको खोजी गर्नुपर्छ।’

नेपाली भाषा साहित्यको जन्मथलो कर्णालीलाई चिनाउनको लागि यूवाहरुनै सक्रियकासाथ अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा पशुपंक्षि राज्यमन्त्री गोमा कुवंरको प्रमुख आथित्य तथा प्रतिष्ठानका अध्यक्ष संकल्प निर्मोहीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम प्रकाश बमले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्