Logo

राष्ट्रगुरु योगीको १०३औँ जन्म जयन्ति कालिकोटमा मनाईने



काठमाडौं, २४ भदौ । नरहरीनाथ स्मृति कला साहित्य प्रतिष्ठानले दशै विषेश शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानका अध्यक्ष रत्नकमल बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रगुरु योगी नरहरीनाथका उत्तराधीकारी चेला सिरिषनाथले राष्ट्रगुरु योगीको १०३औँ जन्मजयन्ति योगीको जन्मभूमि कालिकोटमै मनाउने योजनमा रहेको बताए।

त्यस्तै कार्यक्रममा श्री बृहत आध्यात्मिक परिषदका महासचिव विश्व केसीले पनि नेपाली साहित्य र भाषाका विराट प्रतिभा राष्ट्रगुरु योगीको जन्म जयन्ति उनकै जन्मभूमिमा मनाउनु पेर्नमा जोड दिए।

राष्ट्रगुरु योगीको जन्मजयन्ति आगामी फागुन १७ पर्ने र उक्त दिनमा नरहरीनाथ गाउँपालिकामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष रत्न कमल बिष्टले जानकारी दिए।

कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मंगल बिष्ट ‘मनसुन’ले शुभमना सहित रचना वाचन गरेका थिए। कार्यक्रममा सुरेश रावल र कृष्ण बिकले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव प्रदिप बोहराले गरेका थिए।



प्रतिक्रिया दिनुहोस्