Logo

स्टेफेन्सले जितिन् युएस ओपन टेनिस महिला एकलतर्फको उपाधि



काठमाडौं,  २५  भदौ। वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि अमेरिकी खेलाडी स्लोआनी स्टेफेन्सले जितेकी छिन् ।

अमेरिकाको न्यूयोर्कमा भएको फाइनल खेलमा आफ्नै राष्ट्रकी म्याडिसन किजलाई हराउँदै स्टेफेन्सले करियरमा पहिलोपटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

पहिलोपटक ग्रान्डस्लाम फाइनल खेलिरहेका दुई अमेरिकी खेलाडीबीचको भिडन्तमा स्टेफेन्स ६–३ र ६–० को सोझो सेटमा विजयी भइन् ।खुट्टाको चोटका कारण ११ महिना टेनिसबाट टाढा रहेकी स्टेफेन्सले गत विम्बल्डन टेनिसमार्फत् कोर्ट पुनरागमन गरेकी थिइन् ।

युएस ओपनको उपाधि जितेसँगै स्टेफेन्टस सन् २००२ यता विलियम्स परिवारभन्दा बाहिरबाट युएस ओपन जित्ने पहिलो खेलाडी बनेकी छन् । सन् २००२ मा जेनिफर क्याप्रियाटीले यो उपाधि जितेकी थिइन् ।

युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि दावेदार रफाइल नदाल र दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डर्सन भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्