Logo

१ हजार शिव प्राथिव पुजन गरिने, विश्वमै ठुलो महायज्ञ हुने आयोजकको दाबी



काठमाडौं, २५ भदौ । श्री मानव तथा बोलबम परिवारले आगामी कार्तिक २२ गते धनुषाको जनकपुरमा १ करोड शिव प्राथिव पुजन महायज्ञको आयोजना गर्ने भएको छ।

बोलबम परिवारले रिपोर्टर्स क्लबमा आईतबार पत्रकार सम्मेलन गरेर उक्त महायज्ञको तयारीमा आफूहरु जुटिरहेको जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष ललन ठाकुरले १३ वर्षपछि जनकपुरमा विश्वकै उदाहराणीय र भव्य महायज्ञको आयोजना हुन लागेको दाबी गरे ।

उक्त महायज्ञको तयारीलाई तिब्र रुपमा अघि बढिरहेको बताउँदै भने,‘हामी महायज्ञको तयारीमा जुटिरहेका छौ, सरकारले खानेपानि, सौचालय, सुरक्षा र सरसफईमा साथ दिनुपर्छ, हामीले यो काम मुलुकको मात्रै नभएर विश्वशान्ति, एकता मिलमेलाप, भातृत्व, प्राकृतिक विपदीबाट जोगिनको लागि यस महायज्ञको आयोजना गरिएको हो,यस कार्यक्रममा सबै राजनीतिक दलका नेता कार्यकर्तालाइ यहि रिपोर्टर्स क्लबबाट निम्तो दिन चाहन्छु।’

संस्थाका अध्यक्ष ठाकुरले विश्वको नमुनायूक्त कार्यक्रम भएको दाबी गर्दै आगामी कार्तिक २२ गतेको महायज्ञलाई गिनिज बुकमा रेकर्ड राख्नको लागि सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि अभयकान्त मिश्रले नेपाल–भारतबीचको सम्बन्धलाई रोटि–बेटीको रुपमा टिप्पणी गरेका छन् ।

उनले भने,‘नेपाल र भारतको सम्बन्ध निक्कै पुरानो हो, यसलाई कायम राख्नको लागि यस्ता महायज्ञको आयोजना हुनुपर्छ, विश्वमा कही नभएको काम नेपालमा हुँदैछ, यस्तो अवस्था सबैको साथ चाहिन्छ।’

मिश्रले अघि थपे,‘भारतबाट हजारौं भक्तजनहरु आउने छन्, हामी गंगाको जल बोकेर जनक सिता जन्मेको पवित्र भूमि जनकपुरमा खालि पैतला पुग्ने छौ, त्यही गंगाको जलले १ करोड शिव लिङ्गको पुजन गर्नेछौँ।’

धार्मिक विश्वासको आधारमा वर्षकै पवित्र दिनको रुपमा रहेको आगामी कार्तिक २२ गते महायज्ञमा १० हजार भक्तजनहरुको उपस्थिति र ७ सयजना ब्राहमणहरु शिव पुजनमा उपस्थित हुने आयोजकले जनाएको छ।

उक्त महायज्ञलाई सम्पन्न गर्नको लागि आर्थिक स्रोत कसरी जुटाउनु हुन्छ ? भनेर गरिएको सञ्चारकर्मीको प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले भने,‘हामीले कसैबाट ठुलो आर्थिक सहयोगको अपेक्षा गरेका छैनौ, जनमानसले जति सक्नुहुन्छ त्यति नै साथ र सहयोग गर्नुहोस भनेर हामीले आग्रह गरेका छौ, भक्तजनले हामीलाई यस पवित्र कामको लागि साथ दिनेछन् ।’

 

 



प्रतिक्रिया दिनुहोस्